गेष्ट हाउसमा युवती राखेर वेश्यावृत्ति गराउने दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। बनेपा नगरपालिका–१० पुलबजारस्थित रहेको एउटा गेष्ट हाउस एण्ड खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले उनीहरूलाई  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको बागमति गाउँपालिका–७ स्थाई बनेपामा गेष्ट हाउस सञ्चालन गरेर बस्ने ४२ बर्षीय लालमान तितुङ र काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका लामाटोल घर भइ खाजा घरमा काम गर्ने वर्ष २० बर्षीय श्याम लामा छन् ।

प्रहरीले गेष्ट हाउसबाट पाँच जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ । उद्धार गरिएका किशोरीहरूले होटलका सञ्चालकहरूले ललाइ फकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका प्रहरीले जनाएको छ ।

पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरूलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?