बलात्कार आरोपमा फरार अभियुक्त पक्राउ

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । बलात्कार आरोपमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवतीलाई गोठालो जाँदा जबर्जस्ती बलात्कार गरी फरार रहेका सोही ठाउँका २९ वर्र्षीय प्रतापजंग राईलाई प्रहरीले पक्राउ गरेको हो ।
१८ बैशाखको बिहान अन्दाजी ११ बजे बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी अपरान्ह १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा पात्ले झार्न जाने बहानामा ओडारमा लगेर जबर्जस्ती बलात्कार गरेर फरार रहेका राईलाई लुकीछिपी रहेको अवस्थामा केपिलासगढी गाउँपालिका–१ फेदीबाट बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ परेका अभियुक्त विरुद्ध जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो ।

बलात्कार गरी फरार अभियुक्त विरुद्ध १९ बैशाखमा युवतीको परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको थियो ।
जबर्जस्तीपछि मार्ने नियतले घाँटी थिची ज्यान मार्ने प्रयत्न समेत गरी मरानासन्न अवस्थामा पु¥याएको उनी माथि आरोप छ । युवतीलाई बलात्कार भएको दिननै उपचारमा जिल्ला अस्पताल लगिएको थियो । तर, जिल्ला अस्पतालले धरान रिफर गरेको थियो । उपचारपछि युवती डिस्चार्ज भईसकेको आफन्तले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?