संस्थागत तर्फ सिद्धकालीका सुशील र सामुदायिक तर्फ सगरमाथाका रुवामाबुङ राई जिल्ला सर्वोत्कृष्ट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर। एसइई परीक्षामा भोजपुरबाट संस्थागत बिद्यालय तर्फ सदरमुकाममा रहेको सिद्धकाली बोडिङ स्कुलका सुशील बिष्ट र सामुदायिक बिद्यालय तर्फ सगरमाथा माध्यामिक बिद्यालय घोरेटारकी रुवामाबुङ राई जिल्ला सर्वोत्कृष्ट हुनु भएको छ ।

सिद्धकाली बोडिङका बिष्टले तीन दशमलव ८० जिपिए र सगरमाथा माविका राईले तीन दशमलव ७५ जिपिए ल्याएर जिल्लामै सर्वोत्कृष्ठ भएको शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले जनाएको छ । यस्तै प्राविधिक धारतर्फ पञ्चकन्या माध्यामिक विद्यालयका चन्द्रमणी भट्टराई तीन दशमलव ८० जिपिए सहित उत्कृष्ट हुनु भएको छ ।

भोजपुरबाट एसइई परीक्षामा दुई हजार तीन सय ३७ जनाको सहभागिता रहेको थियो । साधारण धारतर्फ जिल्लाको उच्चतम जिपिए तीन दशमलव ८०, न्युन जिपिए एक दशमलव २५ रहेको छ । जसमा सामुदायिक बिद्यालय तर्फ तीन दशमलव ७५ जिपिए रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?