भ्रष्टाचार घटनामा नेतृत्व तहकै नाम आउनु देशकै लागि दुर्भाग्य: उपाध्यक्ष पौडेल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले भ्रष्टाचार घटनामा नेतृत्व तहकै नाम आउनु देशकै लागि दुर्भाग्य भएको बताउनु भएको छ ।

बुटवलमा भएको प्रथम राष्ट्रिय पार्क सम्मेलनलाई उद्धघाटन गर्दै पूर्व मन्त्री पौडेलले देश, जनता र संविधानलाई साँची राखेर देशमा सुशासन कायम राख्न गरेका प्रतिबद्धता माथि नै चुनौति थपिएको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले अहिलेको घटनाक्रमले देशको राष्ट्रिय प्रतिष्ठा नै लज्जाको स्थितिमा पुगेको बताउदै देशमा भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक दलहरु सहित आम नागरिक समाज तथा सम्पूर्ण जिम्मेवार निकायहरु लाग्नुपर्ने बताउनुभयो ।

उहाँले देशमा सुशासन,सम्वृद्धि,विकास र उत्पीडनमा परेका सबै नागरिकलाई समान अधिकार दिने कुरामा अब सचेत भएर सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्व उपप्रधानमन्त्री पौडेलले देश गम्भिर आर्थिक संकटमा फसेको तिप्पणी गर्दै सरकार त्यसको समाधान तर्फ गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले देशैभरीका पार्कहरुको अभिलेख संकलन गरेर पार्कलाई व्यवस्थित गर्न वर्गीकृत गरी अघि बढ्न सुझाव दिनुभयो ।

त्यस्तै कार्यक्रम बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले राज्यको नीति अनुसार पार्कहरुलाई संरक्षण र व्यवस्थित गरी पर्यटनको माध्यमबाट आर्थिक सम्वृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा देशभरीका पार्कहरुको प्रतिनिधी सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?