गुरिल्ला पदमार्ग : हल्ला धेरै, काम थोरै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । १० वर्षे माओवादी सशस्त्र युद्ध प्रभावित क्षेत्र म्याग्दी, रुकुम,वाग्लुङ र रोल्पा जिल्लालाई समेटर निर्माण गरिएको गुरिल्ला पदमार्गको बारेमा प्रचारप्रसार धेरै भए पनि काम भने हुन सकेको छैन ।

एक दशक अघिदेखि चर्चा चल्न थालेको यस पदमार्गलाई ब्यवस्थित बनाउन कुनैपनि योजना नवनेको सरोकारवालाहरुको भनाइ रहेको छ ।
माओवादी युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामिण बस्तीहरुलाई लक्षित गरी विस्तार गरिएको पदमार्गको अमेरिकी नागरिक अलोन्डो लोन्सले पदयात्रा गरी नक्सा तयार गरेपनि यसका लागि राज्यको निकाय र पर्यटनको क्षेत्रमा सक्रिय संघसंस्थाले चर्चा गर्ने गरेपनि आवश्यक पुर्वाधार जुटाउन कुनै पहल गरेका छैनन् ।

पदर्मागको नामाकरणको एकदुई बर्ष पुर्वाधार सहितका काम गर्ने योजना बनाइएपनि यसका पर्यटन क्षेत्रमै संलग्न भएका संघसंस्थाको उदासिनताको कारण पदमार्गले गति लिन नसकेको हो ।

नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, म्याग्दी र रुकुमको पहलमा द्धन्द्ध प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र बिदेशी पर्यटकहरुलाई युद्धकालिन दिनचर्या, बिकट बस्तीको जनजिवन, मगर संस्कृतिको अनुभव दिलाउन तथा माओबादीको सेल्टरलाई आधार बनाई पदमार्गको नामाकरण गरिएको थियो ।

पदमार्गको ब्यवस्थापन र पुर्वाधार विस्तारको प्रतिबद्धता जनाएको राज्यका निकायहरूले समेत बेवास्था गर्दा सम्भावना र द्धन्द्धकालिन अवस्थालाई झल्काउने गाउँबस्ती समेटिएको क्षेत्र नै ओझेलमा परेको हो । पदमार्गको रुटमा पर्ने अधिकांस क्षेत्र युद्धकालिन समयमा माओबादीको सेल्टर मानिन्छन् ।

म्याग्दीको पश्चिमी ब्यापारीक केन्द्र दरवाङ, ताकम धारापानी, मुना हुर्दै बागलुङको ढोरपाटन क्षेत्र र रुकुम हुदै रोल्पाको सुलीचौरमा रहेको छ । पदमार्गमा पर्ने अधिकांश बस्तीहरुमा मगर समुदायको बाहुल्य बसोबास रहेको छ ।

पदमार्ग संचालनमा ल्याए त्यसको सबैभन्दा धेरै फाईदा म्याग्दीलाई हुन्छ र पदमार्गका धेरै बस्ती र स्थान म्याग्दीमा पर्ने र गन्तब्यमा पुगेर फर्कदा समेत म्याग्दी प्राथमिकतामा पर्ने देखिन्छ । मगर र अन्य समुदायको संस्कृती, प्राकृतीक सम्पदा, हिमश्रृङखला, ग्रामिण जिवनशैली र स्थानीयबासीको द्धन्द्धकालको अनुभव यो पदमार्गको आकर्षण रहेको छ ।

नक्साङ्गन, प्रष्ट रुटको पहिचान, गाईड बुकको अभावले पर्यटक बिच बाटोबाटै फर्कने गरेको स्थानीयले बताएका छन् ।
पदमार्गमा माओवादीले म्याग्दी र रुकुमको सदरमुकाम आक्रमणका क्रममा बनाएको तालिम केन्द्र, सैन्य अभ्यास, माओवादी नेताहरुको बासस्थान लगाएत समेत पर्ने भएकाले पनि खानेपानी, शौचालय सहितका आवश्यक पुर्वाधार तत्काल आवश्यकता रहेको धौलागिरि गाउँपालिकाका पूर्व उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

‘हल्ला धेरै भयो, काम केही भएको छैन’ । यो क्षेत्रबाट जोडिने धौलागिरि बेसक्याम जाने पदमार्ग समेत अलपत्र अवस्थामा छ’ उहाँले भन्नुभयो । धौलागिरि बेसक्याम जान ताकम, मुदी हुदैको पदमार्ग ब्यवस्थित बनाउन नसक्दा पर्यटकले अन्यत्रबाट जाने गरेको बताउँदै जिल्लामा पदमार्गका बारेमा कुनै पनि योजना नभएकाले पनि समस्या भएको गुनासो छ ।

उहाँले जिससले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा प्राथमिकता दिने भएपनि सहकार्यको अभावमा केही महत्वपुर्ण योजना समेत अगाडी बढ्न नसकेको बताउनुभयो । पदर्मागमा समय अनुकुल २७, १९ र १४ दिनको तिन वटा प्याकेजमा यो पदयात्राको भ्रमण गर्न सकिने छ । सबैभन्दा छोटो १४ दिन र बढीमा २७ दिनमा पदयात्रा पुरा गर्न सकिन्छ ।

फाट्ट फुट्ट पर्यटक

सशस्त्र द्धन्द्धका बेला गुरिल्ला हिड्ने बाटोमा पछिल्लो केही समय यता आन्तरिक तथा वाह्य पर्यटक हिड्न थालेका थिए । तर, तीन वर्षअघिदेखि शुरु भएको कोरोना महामारीका कारण अन्य क्षेत्रहरुजस्तै यो क्षेत्र पनि थलिएको थियो ।

गुरिल्ला पदमार्गमा फाट्ट फुट्ट विदेशी तथा आन्तरिक पर्यटक हिड्न थालेको समयमा नै कोरोना महामारी शुरु भयो । अहिले भने यो क्षेत्रमा थोरै मात्र पर्यटक देखिन थालेको गुर्जाका मनवहादुर विकले बताउनुभयो ।

सरकार र तत्कालीन माओवादी द्वन्दका कारण प्रख्यात बनेका रुकुम, रोल्पा, म्याग्दी वागलुङलगायतका जिल्लाका ग्रामीण वस्तीहरुलाई लक्षीत गरेर नेपाल पर्यटन वोर्ड, प्रकृति संरक्षण कोष र जिल्ला समन्वय समिति रुकुमको पहलमा गुरिल्ला पदमार्ग नाम सहित नयाँ रुट तयार गरेपछि द्वन्दग्रस्त क्षेत्रमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको थियो ।

द्वन्दवाट प्रभावित क्षेत्रका वासिन्दाको आर्थिक स्तर उकास्न र विदेशी पर्यटनलाई युद्धकालिन दिनचर्या, बिटक वस्तीको जनजिवन र मगर संस्कृतिको अनुभव दिलाउन संचालन गरिएको यो पदमार्ग अहिले आझेलमा पर्दै जान थालेपछि भविष्य समेत अनिश्चित बनेको यस क्षेत्रका अगुवाहरुको भनाइ रहेको छ ।

गुरिल्ला पदमार्गमा म्यादीको पश्चिम व्यापारी केन्द्र दरवाङ, ताकम, धारापानी, मुना हुँदै वागलुङ सिमना ढोपाटन सिकार आरक्षण हुँदै रुकुम जिल्लाको तकसेरा, सिस्नेहिमाल, चुनवाङ हुँदै रोल्पाको सुलिचौवरसम्म रहेको छ ।’ पदमार्गमा अधिकास मगर बस्ती रहेका छन् ।

मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमश्रृंखला, ग्रामीण जिवन शैली, स्थानिय वासीको द्वन्दकालको अनुभव पदमार्गको मुख्य आर्कषण रहेको छ । रुटका अधिकांश क्षेत्र तत्कालिन माओवादीको सेल्टर मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?