एसी मिलानको जितमा जेरुडको ह्याट्रिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले साम्पडोरियालाई ५-१ गोल अन्तरले हराएको हो ।

मिलानको जितमा ओलिभर जेरुडले ह्याट्रिक गोल गरे । यस्तै राफायल लियो र ब्राहिम डियाजले एक एक गोल थपे ।

साम्पडोरियाका फाबियो कुआग्लिअरेल्लाले एक गोल फर्काए । यस जितसँगै मिलानले ३६ खेलमा ६४ अंक जोडेको छ ।

मिलान पाँचौं स्थानमा रहेको छ । साम्पडोरिया १८ अंक जोडेर पुछारमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?