धनगढीमा प्रभावकारी बन्दै वडा स्वास्थ्य क्लिनिक: ३३ हजार बढीले लिए नि:शुल्क सेवा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । विपन्न गरिब नागरिकहरुलाई गाउँ घरमै विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा आएको वडा स्वास्थ्य क्लिनिक प्रभावकारी बन्दै गएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको योजना अनुसार सञ्चालनमा आएको वडा स्वास्थ्य क्लिनिकबाट धनगढीका ३३ हजार बढी नागरिकले सेवा लिइसकेका छन् ।

विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित ठुला अस्पताल पुग्नुपर्ने बाध्यथतालाई उपमहानगरले सञ्चालन गरेको वडा स्वास्थ्य क्लिनिकले अन्त्य गरेको छ । धनगढी उपमहानगरपालिकाले गत बर्ष साउँनदेखि शुरु गरिएकाे वडा स्वास्थ्य क्लिनिकबाट चार हजार बढी नागरिकले सेवा लिइसकेका छन् ।

ठुल्ठुला अस्पतालसम्म पुग्नै नसक्ने बिरामीलाई लक्षित गर्दै सञ्चालनमा आएको वडा स्वास्थ्य क्लिनिकबाट धनगढीका ३३ हजार बढीले नि:शुल्क स्वास्थ्य सेवा लिइसकेका छन् । गत चैत मसान्तसम्म वडा स्वास्थ्य क्लिनिकबाट ३३ हजार ५ सय ६६ जनाले स्वास्थ्य सेवा लिएका छन् । ती मध्ये ४ हजार नागरिकलाई उपचारका लागि अन्यन्त्र रेफर गरिएको छ ।

उपमहानगरका अनुसार ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाको रूपमा सञ्चालनमा ल्याएको हो । उपमहानगरका अनुसार दुई फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २/२ लाखका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्मका लागि बेहोर्ने सम्झौता धनगढी उपमहानगरसँग गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख बराबरको स्वास्थ्य जाँचको मेसिनरीको सहयोग उपलब्ध भएको छ । औषधि व्यवसाय संघ र व्यवसायी तथा समाजसेवी दाता संस्थाबाट औषधि उपलब्ध भईरहेको धनगढी उप महानगरपालिका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्ण बोहराले बताउनु भयो ।

उपमहानगरको वडा नम्बर १९ बाट सुरु गरिएको वडा स्वास्थ्य क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । वडामै निशुल्क स्वास्थ्य सेवा पाउन थालेपछि सेवाग्राहीहरु निकै लाभाम्बित भएका छन् । सामान्य स्वास्थ्य समस्या हुँदा ठुलठुला अस्पताल धाउनुपर्ने बाध्यता वडा स्वास्थ्य क्लिनिकले अन्त्य गरेको धनगढी ८ भुपाल अधिकारीले बताउनु भयो ।

गाँउ घरमै बिषेशज्ञ स्वास्थ्य सेवा पाएपछि सामान्य स्वास्थ्य परीक्षण गर्न सहज हुनुका साथै उपचारका लागि बाहिर जानुपर्ने बाद्यता समेत अन्त्य भएको धनगढीकै पुर्ण बहादूर थापाले बताउनु भयो । उहाले उपमहानगरमा गोपाल हमाल र कन्दकला कुमारी रानाको नेत्रित्व आएपछि स्थानिय सरकार सरकार भएको महसुस भएको बताउनु भयो ।

वडा स्वास्थ्य सेवा सुरु भएपछि बृद्ध बृद्धा, सुत्केरी र अशक्त बढी लाभान्बित भएका छन् । सामान्य स्वास्थ्य समस्या आउने बित्तिकै धनगढीका निजि अस्पताल धाउनु पर्ने बाद्यता अन्त्य भएको धनगढी ११ की गोदावरी रानाले बताउनु भयो । उहाँले महिना महिना घर नजिकै वडा क्लिनिक आउन थालेपछि समयसगै पैषाको पनि बचत हुन थालेको बताउनु भयो ।

वडा स्वास्थ्य क्लिनिकबाट जनरल फिजिशियन सेवा, स्त्री तथा प्रस्तुती रोग बिषेशज्ञ सेवा, आखाँ, दाँत सम्बन्धीको बिषेशज्ञ सेवा उपलब्ध भइरहेको छ । यस्तै प्रयोगशाला, अल्ट्रासाउण्ड, इ सि जी लगायतका सेवापनि वडा स्वास्थ्य क्लिनिकबाट प्राप्त भइरहेका छन् । गाउँ घरम प्रत्येक महिना निशुल्क स्वास्थ्य चेकजाँच हुन थालेपछि अहिले यहाँका सबै नागरिक स्वास्थ्य चेकजाँच गराउन थालेका छन् । यसले रोग लुकाएर राख्ने प्रबृतीकोपनि अन्त्य भएको छ ।

उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लीनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ । नगरवासीले स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सक सहितको वडा क्लीनिक सेवाको शुभारम्भ गरिएको हो । क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रु २५ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?