काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ, ‘वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन)  जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित् सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?