विपन्न तथा अनाथ बालबालिकालाई पोशाक लगायतका सामग्री वितरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । विपन्न तथा अनाथ बालबालिकालाई छात्रबृति वितरण गरिएको छ । दाताहरुको सहयोगमा भोजपुर नगरपालिका क्षेत्रका बिभिन्न विद्यालयमा अध्ययनरत १५ बिद्यार्थीहरुलाई छात्रबृति वितरण गरिएको हो ।

नवोदय संस्था भोजपुरले सदरमुकाममा कार्यक्रम गर्दे बाबु आमा नभएका अनाथ तथा अति बिपन्न कक्षा १ देखि ५ सम्मका छात्रछात्राहरूलाई छनौट गरी ८ विद्यालयका १५ जनलाई शैक्षिक सामाग्री सहित पोशाक समेत बितरण गरेको छ । जनकल्याण आधरभुत बिद्यालय, जगदिश्वरी प्राबि, पञ्चकन्या प्राबि, जनसेवा आधारभुत बिद्यालय, बिद्योदय मावि, पञ्चकन्या आधारभुत बिद्यालय दाँवा, लक्ष्मी मावि आम्ते र सिद्धेश्वर मावि दाँवाका छात्रछात्राहरुले सामाग्री पाएको संस्थाका अध्यक्ष किशोर कुमार ताम्राकारले बताउनु भयो ।

स्टेशनरी, ब्याग, स्कुल पोशाक, सुईटर, जुत्ता लगायत ६० हजार बराबरको छात्रबृति बितरण गरिएको संस्थाका सचिव यदु सुवालले जानकारी दिनुभयो । सोही विद्यालयमा अध्ययनरत रहेर हाल अमेरिकामा बसोबास गर्दै आइरहेका दम्पति ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट ३० हजार, डा. सुन्दर मोहन प्रतिष्ठानबाट २० हजार र संस्थाका सल्लाहकार डा.रुद्र सुवालबाट प्राप्त १० हजार सहयोगले स्कुल पोशाक सहित अन्य शैक्षिक सामग्री वितरण गरेको सुवालले बताउनुभयो । ‘साठ्ठी हजार बराबरको विद्यार्थीका लागि पोशाक, झोला, शैक्षिक सामग्री व्यबस्थापन गरी वितरण गर्न सहयोग गर्नुभएका मनकारी व्यक्तित्वलाई विद्यालयले सधैँ सम्झने छ,’ सचिव सुवालले भन्नुभयो ।

सामाग्री बितरण गर्दे शिक्षा बिकास तथा समन्वय इकाई भोजपुरका प्रमुख रुद्र राईले आमाबाबु बिहिन र अपाङ बालबालिकाहरुलाई राज्यले नै आवासीय बिद्यालय सहित अध्ययनको ब्यवस्थापन गर्नु पर्ने भए पनि त्यो नहुदाँ बालबालिकाहरुलाई दाता खोजेर सहयोग गर्नु पर्ने अवस्था आएको बताउनुभयो । बालमैत्री शिक्षण बिद्यालयहरुमा पनि आवश्यक भएको बताउँदै प्रमुख राईले आमाबाबुको माया नपाएका बालबालिकाहरुलाई बिशेष ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।

सोक्रममा अरुण मावि दिङलाका पूर्व प्रअ गुरुप्रसाद राई, पूर्व जिल्ला शिक्षा अधिकारी सिताराम श्रेष्ठ, संस्थाका अध्यक्ष किशोर कुमार ताम्राकार, बिद्योदय माविका शिक्षक अभिभावक संघका अध्यक्ष जगत योञ्जन, लक्ष्मी मविका प्रअ शेरबहादुर राई लगायतले छात्राछात्रालाई सामाग्रीहरु बितरण गर्नु भयो ।

बिभन्न विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययरत अनाथ, गरिब, विपन्न र जेहन्दार विद्यार्थीले विभिन्न सामग्री पाएका छन्, यसले विद्यार्थीहरूलाई पनि उत्सायी बनाएको सहभागीहरुको भनाई रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?