खुमलटारमाथि पुलिसको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार पुलिसले एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा भरत शाह र मोहमद आसिकले एक-एक गोल गर्नुभयो । भरतले खेलको ७६औं मिनेटमा हेडरमार्फत गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसपछि खेलको ८८औं मिनेटमा मोहमदले गोल गर्दै पुलिसलाई २-०को जित दिलाउनुभयो ।

पुलिसको यो आठौं जित हो । पुलिसले २१ खेलमा २८ अंक जोडेको छ । पुलिस छैटौं स्थानमा उक्लिएको छ । खुमलटारले २१ खेलमा २१ अंक जोडेको छ । खुमलटार पुलिस पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?