शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि निस्वार्थ र निडर भएर अनुसन्धान गर्न प्रवासी एकता मञ्च यूरोपको माग

Read Time = 3 mins

यूरोप । नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिकालगायतका देशमा पठाउने प्रकरणमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्न माग गरेको छ ।

मञ्चको यूरोप कमिटीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै मञ्चले सार्वभौम सत्ता सम्पन्न नेपाली जनता विरुद्ध पदीय आचरण दुरुपयोग गरी घटनामा संलग्न भएका सबैलाई कानूनी दायरामा ल्याई कठोर दण्ड गर्दै विधिको शासन र कानुनको राज स्थापित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

यूरोप कमिटी अध्यक्ष उमेशराज मोक्तान र महासचिव मनोज भुसालद्वारा हस्ताक्षरित एकता मञ्चको ज्ञापनपत्रमा आफ्नै नागरिकलाई शरणार्थी बनाएर विदेशमा बेच्ने कार्य जघन्य अपराध मात्र नभएर राष्ट्रियता तथा सार्वभौम प्रतिको भद्दा मजाक भएकाे बताउँदै जसले विश्व सामु देशको विश्वसनीयता गुमेको बताएको छ।

मञ्चले यो प्रकरणले अन्तर्राष्ट्रिय स्तरमै नेपालको विश्वसनिययता गुम्ने र विश्वको हेराईमा सारा नेपालीहरुको शिर निहुर्याउनु परेको उल्लेख गरेकाे छ ।

नेपाली दूतावास बेलायतमा यूरोप कमिटीको तर्फबाट अध्यक्ष उमेशराज मोक्तान, बेलायत अध्यक्ष कृष्ण तिवारी, सचिव रमेश बटला लगायतको टोलीले राजदूत आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

प्रवासी नेपाली एकता मञ्ज युरोप कमिटीले सरकार लगायत सम्बन्धित अनुसन्धान समितिलाई निस्वार्थ र निडरताका साथ कदम चाल्न जोडदार माग समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?