भवन निर्माणमा पनि ‘गो ग्रिन’ मा जाऔँ

Read Time = 2 mins

काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फम्स (एससिएइएफ) नेपालद्वारा आयोजित कार्यक्रमका विज्ञहरूले अब भवन निर्माणमा पनि गो ग्रिन (हरियालीतिर जाऔँ) तर्फ जोड दिएका छन् । एससिएइएफद्वारा कन्स्ट्रक्सन बिजनेस डेभलपमेन्टल इम्प्लिमेन्टसन कमिटी र फेडेरेसन अफ कन्ट्याक्टर्स एसोसिएसन अफ नेपालको सहकार्यमा ‘ट्रेनिङ अफ ग्रिन विल्डिंग्स’ विषयक तालिम कार्यक्रममा विषय विज्ञ प्रशिक्षकहरूले निर्माण सामग्री प्रयोग गर्दा वातावरणमैत्री निर्माण सामग्रीमा जोड दिएका हुन् ।

ग्रिन कन्स्ट्रक्सन मेटेरिअल्स विषयमा प्रशिक्षण दिँदै विषय विशेषज्ञ इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर कृष्णभक्त दुवालले निर्माण सामग्री छनोट गर्दा वातावरण विनाश नगरी उत्पादन गरिएका वातावरणमैत्री निर्माण सामग्री छनोट गर्नुपर्ने बताउनुभयो ।

उहाँले कार्यक्रममा सहभागी इञ्जिनियरहरूलाई भन्नुभयो, ‘अहिले संसारकै एउटा मुख्य समस्या वातावरण प्रदूषण हो, त्यसकारण तपाईंहरूले पनि घरको डिजाइन गर्दा यसअनुसारको निर्माण सामग्री प्रयोगमा जोड दिनुहोस् ।’

आफूहरूले पनि लामो समयदेखि वातावरणमैत्री निर्माण सामग्री उत्पादन गर्दै आएको जानकारी गराउँदै उहाँले वातावरण विनाश हुनबाट जोगाउनु, वातावरण प्रदूषण हुन नदिनु नै अहिलेको नयाँं पुस्ताको मुख्य जिम्मेवारी रहेको बताउनुभयो ।

दुवालले भन्नुभयो, ‘काठमाडौं कंक्रिटको शहर बन्यो भनेर धेरै आलोचना आइरहेको हामीले सुनेका छौँ, त्यस्तो आलोचना गर्न नसकिने ठाउँ बनाउन म युवा पुस्तासँंग अनुरोध गर्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?