एमाले उपाध्यक्ष नेम्वाङ इलाम २ बाट विजयी

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएको हो ।

नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाउनुभयो । यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित हुनुभएको थियो ।

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो ।

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बन्नुभएको उहाँ त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभयो । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) रहनुभएका उहाँले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक(पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द पर्नुभएको थियो । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा उहाँ सात महिना जेल पर्नुभएको थियो ।

इलाम नगरपालिका ७ सुन्तलाबारीमा विस २००९ फागुन २८ गते जन्मिनुुभएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ninam Lowatti
Ninam Lowatti
2022-11-27 11:14 am

दुःख लाग्यो हो, इलाम २ बाट सुवास…लिम्बु बाजे निर्वाचित भएछन् । उनी निर्वाचित हुँदा हामी खुसी नै हुनुपर्ने…। तर, मलाई भने साह्रै दुःख लाग्यो । किनभने, यी लिम्बु बाजे…खराब हुन्, आदिवासी जनजाति+उत्पीडितहरुका लागि । एक मात्रै उदाहरण विसं २०६९ को संविधानसभामा लगभग दुई तिहाई सभासदहरु उत्पीडितहरुका पक्षमा रहेका थिए । फलतः संविधान पनि हामी जस्ता उत्पीडितहरुका पक्षमा आउनेवाला थियो । तर, अन्तिममा उनले संविधानसभाको बैठक नै बोलाएनन्, तत्कालीन उपसभामुख पूर्णकुमारी सुवेदीलाई पनि सभा संचालन गर्न दिएनन्…अन्ततः संविधानसभा नै विघटन भयो, त्यसपछि के भयो ? मैले भनी रहनु परेन…

रिलेटेड न्युज

छुटाउनुभयो कि ?