लागुऔषधसहित ३ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चितवन र कञ्चनपुरबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी ‍गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी रविनलाई पक्राउ गरेको हो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका-१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?