गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : एमाले उपमहासचिव गुरुङ

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । गण्डकीका पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताउनुभएको छ ।

शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर-७ मा निर्मित भवनको शनिबार उद्घाटन गर्दै गुरुङले सो कुरा बताउनुभएको हो । उपमहासचिव गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताउनुभयो ।

अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गर्नुभयो ।

संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन, उहाँले भन्नुभयो । संघीयताका कारण गाउँगाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उहाँको भनाइ थियो । नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?