ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सबीच सम्झौता भएको छ । हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने उद्देश्यका साथ उक्त सम्झौता भएको हो । ऊर्जा इम्प्याक्ट एक हरित ऊर्जा केन्द्रित कोष हो ।

फण्डले जलविद्युत् परियोजना, सौर्य परियोजना र अफ ग्रिड सौर्य परियोजना (रूफटप सोलार प्लान्ट) मा लगानी गर्नेछ । ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सले ऊर्जा इम्प्याक्ट फण्डमा कोष प्रबन्धकका रूपमा रहेर स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्था र आइएफसी र एडिबी जस्ता संस्थामार्फत् फण्ड संकलन गर्नेछ ।

नवीकरणीय ऊर्जा विकास नेपालका लागि स्वच्छ ऊर्जामा रूपान्तरण र महत्वपूर्ण जलवायु लक्ष्य पूरा गर्न आर्थिक र सामाजिक विकासलाई सशक्त बनाउन सर्वोपरी रहेको ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले बताउनुभयो ।

ऊर्जा डेभलपर्ससँगको साझेदारीले स्वच्छ बिजुली ल्याउने परियोजनाको वित्त पोषणलाई उत्प्रेरित गर्न, निम्न समुदायको आर्थिक विकास र दिगो जीविकोपार्जन प्रवद्र्धन गर्न अति आवश्यक पुँजी उपलब्ध गराएर स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक कम्पनी हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?