खेलकुदमन्त्रीलाई खेलाडी संघको ज्ञापन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आइतबार संघले मन्त्रालय पुगेर मन्त्री लिम्बूलाई ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ६ बुँदागत माग र सुझावहरू समेटिएको छ ।

ज्ञापनपत्रमा चीनमा हुन गइरहेको १९औँ एसियाली खेलकुदको समयावधि चार महिनामात्र बाँकी भएको अवस्थामा समेत खेलाडीहरूको विशेष प्रशिक्षण सुरु नभएको जनाइएको छ । यसलाई तत्काल सुरु गरी बाह्रै महिना राष्ट्रिय टिम प्रशिक्षणको सञ्चालन गर्न, देशका लागि अन्तर्राष्ट्रिय पदक जिती कीर्तिमान कायम गर्ने खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ति पाए तापनि लामो समयदेखि वृत्ति विकास हुन नसकेको हुँदा तत्काल वृत्ति विकास एवं करारमा रही कार्यरत त्यस्ता खेलाडीहरूलाई उचित व्यवस्थापन गर्दै स्थायी गर्नुपर्ने लगायतका रहेका माग छन् ।

राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सफलता प्राप्त गरेका खेलाडीहरूलाई संरक्षण गर्न नसक्दा दिनानुदिन विदेश पलायन हुनुपर्ने समस्यालाई निराकरण गर्न तत्काल ठोस योजना बनाई त्यस्ता खेलाडीहरूलाई स्वदेशमै रहन सक्ने वातावरण मिलाउनलगायत माग राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?