त्रिशालाई टेबुल टेनिसमा स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण जित्नुभएको छ ।
स्ट्याग च्याम्पियन्स टेबल टेनिसको आयोजनामा श्री स्याङ्जा रापाकोट तमु मिलिजुली समाज, पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा त्रिशाले प्रजिता मुदभानीलाई ११-५, ११-५ र ११-६ को सोझो सेटमा पराजित गर्नुभयो । सक्रिय पोखरेल र राजश्री अधिकारी तेस्रो हुनुभयो । शीर्ष तीन स्थान हात पार्ने खेलाडी कास्कीका हुनुहुन्छ ।

पोखरा महानगरपालिका-२ को सहयोग, कास्की जिल्ला टेबल टेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेन स्पोर्ट्स क्लबका राजेन्द्र बज्राचार्य, ललितपुर टिटी क्लबका प्रकाश धाक्वा, खोल्छा पुखुका नदिमरत्न शाक्य र च्यासल युथ क्लबका किरण व्यञ्जनकारले सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

प्रतियोगिताको पोखरा महानगरपालिका-२ का अध्यक्ष दिवसमान प्रधानांगले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । तीनदिने प्रतियोगितामा विभिन्न आठ जिल्लाका १०६ खेलाडी सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?