जेठ १७ गतेदेखि ललितपुरमा जुत्ता चप्पल मेला

Read Time = 3 mins

काठमाडौं । नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान भन्ने नाराका साथ नेपाली जुत्ता चप्पल व्यापार मेला हुने भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहले यही जेठ १७ गतेदेखि ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ आयोजना गर्ने भएको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक दिवाकर गिरीले असार १७ गतेसम्म अर्थात् एक महिनासम्म सञ्चालन हुने मेलामा २० देखि ५० प्रतिशतसम्म छुट हुने जानकारी दिनुभयो । जावलाखेल खेल मैदानमा हुने मेलाको मुख्य उद्देश्य स्वदेशी ब्राण्डका जुत्ता चप्पल उपभोक्ताबीचमा परिचित गराउने र स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताको रुचि जगाउने रहेको उहाँले बताउनुभयो ।

मेलामा गोल्डस्टार, रोयल शुज, विएफडियर हिल, विएफ स्पोर्ट, क्रसरोड शुज, फस्टवाक शुज, सिल, हाई लाइफ, केटिएम र डिजे ब्राण्डका पाँच हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता उपलब्ध हुने बताइएको छ ।

सो अवसरमा जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले न्यून विजकीकरण र अवैधरूपमा भित्रिने चुत्ता चप्पलका कारण स्वदेशी उद्योग मर्कामा परेको गुनासो गर्नुभयो । न्यून विजकीकरण र चौरी पैठारी रोकी सरकारले कच्चा पदार्थ स्वदेशमै उपलब्ध गराउने व्यवस्था मिलाएमा वार्षिक सात करोड जोर नेपाली जुत्ता उत्पादन गर्न नेपाली व्यवसायी सक्षम रहेको उहाँको भनाइ थियो ।

संघमा पूर्वअध्यक्ष होमनाथ उपाध्यायले बंैकको ब्याजदर, आर्थिक मन्दीलगायतका कारण जुत्ता चप्पल उद्योगीका साथै डिलरहरूसमेत संकटमा रहेको बताउनुभयो । उपाध्यायका अनुसार मन्दीका कारण विभिन्न ठाउँमा रहेका कतिपय पसल बन्द भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?