वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाइने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाउने भएको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न बनाएर सेन्टरको रुपमा रुपान्तरण गर्ने जानकारी दिनुभयो ।

यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?