चुरे दोहन गर्ने बजेटलाई समर्थन गर्न सकिँदैनः प्रेम सुवाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रश्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताउनुभएको छ ।

उहाँले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताउनु भयो । उहाँले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताउनु भयो । उहाँले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले बिरोध गर्छौं, मल खादको प्रत्याभुति गरिएको छैन । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ । सार्वजनिक संस्थाहरु कसरी चलाउने राम्रोसँग आएको छैन । शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन ।’

सांसद सुवालले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने कुरा आउन नसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?