पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित तीन जनालाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ गते ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानूनी आर्जन गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

पूर्वमन्त्री श्रेष्ठले २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए ।

२०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए । उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?