जन्मिसकेको बच्चा पुनः गर्भमा जानु र नेपालमा राजतन्त्र स्थापना हुनु एउटै हो : नेता खनाल

हिमालय टाइम्स
Read Time = 3 mins

-नवराज शिवाकोटी
दोलखा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले जन्मीसकेको बच्चा पूनः गर्भमा जानु र नेपालमा राजतन्त्रको पूनः स्थापना हुन्छ भनेर सपना देख्नु एकै भएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीद्वारा शनिवार साँझ सदरमुकाम चरिकोटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता खनालले उक्त कुरा बताउनु भएको हो ।
पत्रकारहरुद्वारा देशमा राजतन्त्र पुनःस्थापानाको सम्भावना कति छ ? भनी सोधिएको प्रश्नको जवाफ दिँदै खनालले नेपालीहरुको राजतन्त्रको विदाई गरिसकेकोले अब राजतन्त्र पुनः स्थापना हुन्छ भन्ने सपना देख्नु जन्मिसकेको बच्चा पुनः आमाको गर्भमा पस्छ भन्नु जस्तै भएको बताउनुभयो ।

लोकतन्त्र विरोधी र प्रति गमनकारीहरुले चलाएको हल्लाकापछि सर्वसाधारणलाई नलाग्न पनि उहाँले आग्रह गर्नुभयो । देशकमा अहिले विभिन्न काण्डहरु अगाडि आइरहेको उल्लेख गर्दै खनालले नक्कली भूटानी सरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको तथा यो अनुसन्धानबाट जो दोषी देखिन्छ त्यसलाई कडा बारवाही हुनु पर्ने पक्षमा नेकपा एस रहेको बताउनु भयो । प्रहरी अनुसन्धानमा कहिँकतै बाट दवाद दिने कोषिस भएमा त्यसका विरुद्ध आफ्नो पार्टी सडक आन्दोलन गर्न समेत तयार रहेको उहाँले पत्रकार सम्मेलनमा बताउनु भयो ।

एक फरक प्रसंगमा खनालले सर्प पालन सम्बन्धमा केही मिडियाले आफूलाई अनावाश्यक रुपमा जोडेको गुनासो गर्नु भयो । तत्कालिन समयमा आफू सर्लाहीमा पुग्दा शर्प दंशबाट एक बालक मरणासन्न भएको अवस्था देखेर आफू विचलित भएको उल्लेख गर्दै खनालले आफ्नो नामामा केही साथीहरुले एन्टी स्नेक भेनम बनाउन शर्प पालन गर्ने कुरा गरेको र आफ्नो नाममा प्रतिष्ठान खोलेको बताउनु भयो । त्यो प्रतिष्ठान आफ्नो नामबाट खोलिएको भएपनि त्यसका गतिविधिमा आफ्नो कुनै संलग्नता नभएको बताउनु भयो ।

नेता खनाल नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीको भीमेश्वर नगर अधिवेशनको उद्घान गर्न सदरमुकाम चरिकोट आउनुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?