सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई एसपिएको साथ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

धनगढी । ‘चौथो सुदूरपश्चिम स्पोटर््स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोटर््स अवार्ड रहने भएको छ ।

‘चौथो सुदूरपश्चिम स्पोटर््स अवार्ड २०७९’ को मुख्य प्रायोजन गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रायोजनपछि बोल्दै एसपिएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँग जोडिँदै अगाडि बढ्ने जानकारी दिनुभयो ।

देशकै सर्वाधिक धनराशिको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेज खेलकुद क्षेत्रमा पनि अग्रसर हुँदै आएको छ । बर्सेनि एसपिए महिला मेयर कप पनि आयोजना हुँदै आएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीले अवार्डको तेस्रो संस्करणलाई पनि मुख्य प्रायोजन गरेको थियो ।

सुदूरपश्चिमलाई खेलकुदमा अघि बढाउन एसपिएको भूमिका अग्रस्थानमा छ । धनगढी क्रिकेटको शहरका रूपमा चिनिन्छ । त्यो पहिचान स्थापित गर्ने मुख्य काम एसपिएले नै गरेको हो । एक दशकअघि धनगढीमा एसपिएको आयोजनामा एसपिए कप नामबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्थ्यो । पछि त्यो धनगढी प्रिमियर लिगमा रूपान्तरण भयो । नेपालमा पहिलो फ्रेन्चाइज टोलीहरू र खेलाडीहरूको अक्सनको सुरुवात त्यहीँबाट भएको हो । त्यसैबाट फाप्ला क्रिकेट मैदानको पहिचान भएको हो ।

हाल फाप्लामा अन्तर्राष्ट्रिय मैदान निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसको नेतृत्व एसपिएकै प्रबन्ध निर्देशक सुवास शाहीले गर्नुभएको छ । त्यसबाहेक नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगमा धनगढी एफसी पहिलो संस्करणको उपविजेता बनेको थियो । एसपिएले प्रत्येक वर्ष सुदूरपश्चिमस्तरीय महिला मेयर कप भलिबलको पनि आयोजना गर्दै आएको छ । त्यसबाहेक एसपिएमा खेलाडीहरू छात्रवृत्तिमा अध्ययनरत छन् । ८ जना क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडीमात्रै छन् । त्यस्तै, फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू एसपिएमा अध्ययनरत छन् ।

वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५.३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

अवार्डको चौथो संस्करणको तयारी तीव्ररूपमा भइरहेको छ । प्रायोजक तथा प्रवद्र्धकहरूको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । आगामी असार ८ गते धनगढीमा चौथो संस्करणको सुदूरपश्चिम स्पोटर््स अवार्डको आयोजना हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?