सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई माया मेट्रोको साथ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

धनगढी । धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोटर््स अवार्ड २०७९’ लाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने भएको हो ।

अवार्डमा दिइने आठवटा विधामध्येको सुदूरपश्चिम आइकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष अवार्ड हुने भएको छ । सोमबार मञ्चका अध्यक्ष प्रदीप पाठक र अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउँदै आएको माया मेट्रो हस्पिटलले सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई निरन्तर साथ दिँदै आएको छ भने विभिन्न सामाजिक क्षेत्रमा पनि सहयोगका कार्य गर्दै आएको छ ।

खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई प्रोत्साहन गर्ने अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘माया मेट्रो’ अस्पतालले प्रायोजन गरेर साथ दिँदा अवार्डलाई अझ भव्यरूपमा सफल पार्नका लागि मद्दत मिल्ने मञ्चका अध्यक्ष पाठकले बताउनुभयो । यस विधाअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल पुरुष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।

असार ८ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोटर््स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्ररूपमा भइरहेको छ । प्रायोजक प्रवद्र्धकहरूको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । अवार्डको मुख्य प्रायोजकमा सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?