हाइफ्युचरको फ्लाइबड्स ३

Read Time = 2 mins

काठमाडौं । अडियो टेक्नोलोजीमा हाइफ्युचरले फ्लाइबड्स शृंखलाअन्तर्गत हाइफ्युचर फ्लाइबड्स ३ को चौथो पुस्ता नेपाली बजारमा ल्याएको छ । अत्याधुनिक सुविधायुक्त वायरलेस इयरबड वातावरणीय आवाज रद्ध गर्ने (इएनसी) प्रविधिसाथ सुसज्जित रहेको कम्पनीले जनाएको छ । इयरबडले प्रभावकारीरूपमा पृष्ठभूमिको आवाज कम गर्ने भएकाले भिडभाड भएको सडक, व्यस्त क्याफे वा कोलाहलयुक्त अफिसको वातावरणमा क्लियर साउण्ड दिने कम्पनीको दाबी छ ।

२४ घण्टा प्लेटाइमका साथै द्रुुत १५ मिनेटको चार्जले तीन घण्टासम्म प्लेब्याक समय प्रदान गर्ने बताइएको छ । टेक स्टुडियो प्रालिका प्रमुख कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले भन्नुभयो, ‘हाम्रा ग्राहकका लागि हाइफ्युचर फ्लाइबड्स ३ लाई परिचय गराउन पाउँदा हर्षित छौँ ।

यी वायरलेस इयरबडले उन्नत टेक्नोलोजी, उत्कृष्ट अडियो गुणस्तर र असाधारण सुविधाको संयोजन गर्छन् ।’ हाइफ्युचर फ्लाइबड्स ३ सबै अधिकृत हाइफ्युचर रिटेलर र अनलाइन स्टोरमा उपलब्ध रहेको छ भने मूल्य तीन हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?