मैले सीमा विवाद कायम राखेर दुई देशबीचको सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन भनेँ : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भ्रमणका लागि भारतमा रहेका छन् । बुधबार नयाँ दिल्ली आइपुग्नुभएको उहाँ राजनीतिक उच्चस्तरीय भेटवार्तासँगै तीर्थाटनमा व्यस्त हुनुहुन्छ ।

बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुनुभएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली पत्रकारहरूसँगको  कुराकानी गर्नुभएका छ । सो क्रममा आफूले भारतीय समकक्षी मोदीलाई सीमा विवाद थाती राखेर दुई देशबीच सम्बन्धमा ब्रेक थ्रु हुन नसक्ने बताएको जानकारी दिनुभयो ।

बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताउनु भएको थियो । उहाँले भन्नुभएको थियो, ‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।’

आफूसँगको भेटवार्तामा पनि मोदीले सीमा विवाद समाधान गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।  ‘मैले मोदीजीलाई सीमा विवाद कायम राखेर दुई देशबीचको सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन भनेँ,’ नेपाली पत्रकारसँग कुरा गर्दै मोदीसँगको भेटमा भएको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मोदीजीले पनि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास राख्नु भएको छ । उहाँले सीमा विवाद हल गर्ने विषय महत्वपूर्ण भएको र यसको समाधान गर्नुपर्छ भन्नु भएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?