चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्किँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण पूरा गरेर आज शनिबार स्वदेश फर्किँदै हुनुहुन्छ । यसअघि शुक्रबार प्रधानमन्त्री प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गर्नुभएको थियो ।

नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेर विशेष विमानमार्फत् शुक्रबार इन्दौर प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो इन्दौरबाट दिल्ली फर्किने र अपराह्न दिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?