महिला टी-२० क्रिकेटः मलेसियासँग नेपाल चार विकेटले पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । महिला टी-२०  क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ ।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः  ७ विकेटले र २७ रनले विजयी भएको थियो ।

आजको खेलमा नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर र कविता जोशीले एक-एक विकेट लिए पनि नेपालको जीतका लागि पर्याप्त भने हुन सकेन ।

टस जितेर ब्याटिङ रोजेको नेपालले सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए ।

पाँच खेलको श्रृङ्खलामा दुवै टोलीले दुई-दुई खेलमा जीत हासिल गरेका छन् । अब अन्तिम खेल जित्ने टोलीले श्रृङ्खला जित्नेछ।

जसका लागि बिजयको लक्ष्यसहित दुवै टोली आइतबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?