नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

गुल्मी । कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

रुरुक्षेत्र गाउँपालिका-३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो । उनी माथी छानबिन माथी जारी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?