विवेकशील साझाको प्रवक्तामा अशुतोष

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विवेकशील साझाको प्रवक्तामा अशुतोष प्रधान चयन हुनुभएको छ । पार्टीले केन्द्रीय सदस्य प्रधानलाई पार्टीको प्रवक्ता बनाएको हो । पार्टीको केन्द्रीय समितिको बैठकले पर्यटन उद्यमीसमेत रहनुभएका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो ।

यसअघि प्रवक्ता रहनुभएका प्रकाशचन्द्र परियार हालै उपाध्यक्षमा निर्वाचित भएपछि प्रवक्ता पद खाली थियो । परियार हाल उपाध्यक्षसँगै पार्टीको प्रशिक्षण विभाग प्रमुख पनि हुनुहुन्छ ।

विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयमा ‘संस्कृति पर्यटन’का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको विवेकशील साझाले जनाएको छ ।

विभिन्न सामाजिक-राजनीतिक अभियानको नेतृत्व गरिसक्नु भएका प्रधान विधि र मूल्य मान्यतामा आधारित राजनीतिको खरो वकालतकर्ता हुनुहुन्छ । प्रधान तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?