महालक्ष्मी कर्पोरेट क्रिकेटका १० खेल सम्पन्न

Read Time = 3 mins

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक तथा वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो ।

तीनदिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ । खेलमा महालक्ष्मी विकास बैंकका सागर गुप्ता म्यान अफ द म्याच घोषित हुनुभएको छ । दोस्रो खेलमा प्राइम कमर्सियल बैंकले सिटिजन्स बैंकलाई १४ रनले हराएको छ भने प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य म्यान अफ द म्याच घोषित हुनुभएको छ । तेस्रो खेल राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकबीच भएकोमा राष्ट्रिय वाणिज्य बैंकले एनएमबीलाई छ विकेटले हरायो भने राष्ट्रिय वाणिज्य बैंकका विवेक श्रेष्ठ म्यान अफ द म्याच घोषित हुनुभएको छ ।

चौथो खेलमा सनराइज बैंकले आइसिएफसी फाइनान्सलाई चार विकेटले हराएको छ भने सनराइज बैंकका सुमन न्यौपाने म्यान अफ द म्याच घोषित हुनुभएको छ । पाँचौँ खेलमा प्राइम बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई १०३ रनले हराएको छ भने प्राइमका विवेक दली म्यान अफ द म्याच घोषित हुनुभएको छ । छैटौँ खेलमा एनआइसी एसिया बैंकले प्रभु बैंकलाई ३८ रनले हराएको छ भने एनआइसी एसियाका दिपन कार्की म्यान अफ द म्याच घोषित हुनुभएको छ ।

सातौँ खेलमा हिमालयन बैंकलाई ३६ रनले हराउँदै आइसिएफसी फाइनान्स विजेता बनेको छ भने म्यान अफ द म्याचको उपाधि सुरज तिमल्सिनाले प्राप्त गर्नुभएको छ । आठौँ खेल एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकबीच भएकोमा राष्ट्रिय वाणिज्य बैंकले एनआइसी एसियालाई १८ रनले पराजित ग¥यो भने राष्ट्रिय वाणिज्य बैंकका सुशील देवकोटा म्यान अफ द म्याच घोषित हुनुभएको छ ।

नवौँ खेल लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकबीच भएकोमा कामना सेवाले ३८ रनले जितेको छ भने कामनाका छेतेन दोर्जी शेर्पा म्यान अफ द म्याच घोषित हुनुभएको छ । गरिमा विकास बैंक र कुमारी बैंकबीचको १०औँ खेलमा कुमारीले गरिमालाई तीन विकेटले हराएको थियो । खेलमा कुमारीका प्रतिज कर्माचार्यलाई म्यान अफ द म्याचको उपाधि दिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?