तिला गाउँपालिकामा विवाह गर्दा अनिवार्य वडाको सिफारिस चाहिने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले विवाहका गर्दा अनिवार्य वडाको सिफारिस गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । २०७९ चैत २२ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्नका लागि वडाको सिफारिस अनिवार्य गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । पालिकाका नौवटै वडापालिकालाई परिपत्र समेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्नको लागि वडापालिको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

वडाबासिले विवाह गर्नु पूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । बाल विवाह न्युनिकरण गर्नको लागि तिला-६ लाई बाल विवाह मुक्त वडा घोषणा समेत गरिएको छ । देखासिकिले गर्दा हुने बाल विवाहलाई रोक्नको लागि वडाको सिफारिसले निकै महत्वपुर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

पालिकाका सबै वडालाई बाल विवाह मुक्त गर्नका लागि परेका छौ । कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्नका लागि वडालाई निर्देशन समेत गरेको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको तिला गाउँपालिकाले जनाएको छ । विवाह गर्दा अनिवार्य वडापालिको सिफारिस गरेसंगै वडाबाट सिफारिस लिनेको संख्या बढेको तिला गाउँपालिका वडा नं. १ को वडा कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?