काठमाडौं । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट पञ्चायतकालिन बजेटको रुपमा पुनरावृत्ति भएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने जति अधिकार नदिइएको बताउनुभएको हो । उहाँले पञ्चायतकालमा प्रधानपञ्चलाई जति अधिकार र बजेट छुट्टयाइन्थ्यो अहिले पनि त्यस्तै देखिएको उल्लेख गर्नुभयो । उहाँले बजेट पञ्चायतकालिन र बहुदलकालिन बजेटको पुनरावृत्तिको रुपमा आएको बताउनु भयो ।
उहाँले स्रोत व्यवस्थापन र बजेट वितरणका हिसावले बजेट एकात्मकतावादी रहेको बताउनु भयो । बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई छुन नसकेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘स्रोतको व्यवस्थापनका हिसाबले र यो बजेटको वितरणको हिसावले यो बजेट एकात्मकतावादी छ । यो बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मर्मलाई छुन सकेको छैन । यो बजेट नेपालको राजनीतिक अर्थशास्त्र नजानेको बजेट हो । भुलेको बजेट हो, नचिनेको बजेट हो । आज जसरी बजेट विनियोजन भएको छ, पञ्चायतको बजेटले जसरी प्रधानपञ्चहरुलाई जे अधिकार दिएको हुन्छ । जति रकम छुट्टयाएको हुन्थ्यो, आज हिसाबकिताब गर्दाखेरी त्यतिखेरको १०, १५ करोडमा जति रकम एउटा प्रधानपञ्चले पाउँथे । बहुदल कालको ५०/६० करोडको बजेटमा एउटा पालिकाले ३ लाख, १० लाख, १५ लाख, २० लाख जति पाउँथे । आज हिसाब गर्दाखेरी कार्यकारी अधिकार, राज्यशक्तिको अधिकार, राजकिय सत्ताको अधिकार प्राप्त गरेको सरकारहरुले जो सँग आर्थिक अधिकारहरु पनि छ । त्यस्तै अधिकार पाउने कुराको हिसाब गर्दाखेरी यो बजेटलाई पञ्चायतकालिन बजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ । यो बजेटलाई बहुदलकालको बजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ । यो कुनै प्रगतिशील बजेट होइन । यो समाजवादको यात्रा तय गर्नका लागि डिपार्चर गर्ने बजेट होइन । म यहीँ कुरा निवेदन गर्न चाहन्छु ।’
उहाँले बजेट प्रगतिशिल नभएको उल्लेख गर्नुभयो । प्रगतिशील कर प्रणाली पनि नभएको उहाँले बाउनु भयो । बजेटले मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न नसक्ने उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच