काठमाडौं । स्पाइनी व्याबलर इन्टरनेशनल फिल्म फेष्टिबलको तेस्रो संस्करण सम्पन्न भएको छ । स्पाइनी मुभिज प्रा.लि.ले बुधबार राष्ट्रिय नाचघरमा तेस्रो संस्करण सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तर्राष्ट्रिय विधामा चारवटा गरी कुल १८ वटा विधामा अवार्डसमेत प्रदान गरिएको थियो ।
यस संस्करणका लागि नेपालका अलवा विभिन्न देशहरूबाट थुप्रै फिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्रीलगायत चलचित्रहरूको सहभागिता रहेको थियो । एरा प्रोडक्सन प्रा.लि.ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुनुहुन्छ ।
नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष डा.हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको थियो । ‘चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सक्दो सहयोग रहनेछ । मलाई सेवक सम्झेर आफ्ना समस्या राख्नलाई आग्रह गर्दछु,’ मन्त्री लिम्बूले भन्नुभयो, ‘हामी भिन्न क्षेत्रमा रहे पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी काम गरिरहेका छौं ।’ महोत्सवको समापन समारोहमा उहाँले विजेतालाई प्रमाणपत्रसमेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारकर्मी बाबुराम सिग्देल, गायिका रोशनी रसाइली, इभेन्ट म्यानेजर सन्तोष सुवेदी, गायक ओम सुनार र अमृत खाती, अभिनेत्रीहरू आशा भुसाल र उषा खनाल सम्मानित हुनुभएको थियो । फेष्टिवलको निर्णाकहरूमा चलचित्र निर्देशक माधवराज खरेल निर्णायक प्रमुख हुनुहुन्थ्यो भने नाट्यकर्मी केदारनाथ पौडेल, निर्देशक जीवन थापा, अभिनेता प्रवण भुसाल, गायिका सुजता केसी, लेखक तथा साहित्यकार भीष्मराज फुलारा, संगीत संयोजक राकेश सोनी, सञ्चारकर्मी चक्र कुँवर, मेकअप आर्टिष्ट विक्रम गौतम, अभिनेता तथा कोरियोग्राफर लिगेश भट्टराई निर्णायक सदस्यका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा राष्ट्रियतर्फ निर्देशक दिनेश राउतले चलचित्र ‘प्रकाश’बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको थियो भने सोही चलचित्रवाट प्रदीप खड्काले अभिनेता र विकास सुवेदीले लेखन विधामा अवार्ड हात पार्नुभयो । नायिका नम्रता सापकोटाले ‘डेसान’वाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल हुनुभयो भने दर्शनवीर शाक्यले नेपाल भाषाको सर्ट फिल्म ‘इन्दायणी’बाट निर्देशकको अवार्ड हात पार्नुभयो ।
त्यस्तै, ‘तीर्खा’बाट प्रशन्न मालीले वेष्ट सर्ट फिल्म, ‘किड्न्याप’बाट ज्ञानेन्द्र कोइरालाले सर्टफिल्म निर्देशक, ‘दुःखी बुहारी’बाट सिर्जना कार्कीले सर्ट फिल्म लेखक, ‘अहम प्रेम’बाट ज्ञानेन्द्र खतीवडाले सर्ट फिल्म छायाँकारको अवार्ड हात पार्न सफल हुनुभएको थियो । सम्पादक गौतम खड्काले भोजपुरी चलचित्र ‘कलयुगकी पाँञ्चाली’बाट सम्पादकको अवार्ड हात पार्दा कमल एक्चै मगरले ‘डेसान’ चलचित्रवाट नवनिर्देशकको अवार्ड हात पार्नुभएको थियो । त्यसैगरी, राहुल राईले चलचित्र ‘मिलन’बाट उत्कृष्ट चलचित्र छायांकार, राजन खरेलले ‘खहरे पाँगु’ बृत्तचित्रको उत्कृष्ट छायांकार जुगल र ‘अ सिम्बोल अफ अनवईरिङ’बाट लव प्याकुरेल उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड हात पार्नुभएको थियो ।
कार्यक्रममा इन्टरनेशनलतर्फ ‘डुक बक्स इलिङटन’ (आयरल्याण्ड)लाई उत्कृष्ट डकुमेन्ट्रि फिल्म, ‘द रोड’ (भारत)लाई उत्कृष्ट फिल्म, ‘फोर्स’ (ईरान)लाई उत्कृष्ट कथा, ‘द लाइट बल्व’ (भेनेजुएला) लाई उत्कृष्ट छायाँकार र ‘फिडलष्ट्रिक’ (इजिप्ट) चलचित्रबाट एजिडिन एफडेल हेडीलाई उत्कृष्ट निर्देशक अवार्ड प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच