दिलिपलाई मिस्टर कञ्चनजंघाको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

बिर्तामोड । दिलिपकुमार चौधरीले दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार साँझ भएको प्रतिस्पर्धामा ६५ केजी तौल समूहका विजेतासमेत रहनुभएका दिलिपले उपाधि हात पार्नुभएको छ ।

अलग-अलग तौल समूहका विजेताबीच च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । उपाधिसँगै दिलिपले तीन लाख ११ हजार १११ रुपैयाँ हात पार्नुभयो । उहाँ डिएनपी फिटनेस गाईघाटबाट सहभागी हुनुभएको हो । त्यस्तै, प्रतियोगितामा ७० केजी तौल समूहका सनम लिम्बू दोस्रो र ७० केजीमाथि तौल समूहका सन्दीप गिरी तेस्रो हुनुभयो । सनम केज टोटल फिटनेस इलाम र सन्दीप धरान फिटनेसका हुनुहुन्छ । चौथो धर्मराज खापुङ हुनुभयो । ५५ केजी तौल समूहका उहाँ उर्लाबारीका हुनुहुन्छ । सनमले दुई लाख ५० हजार, सन्दीपले एक लाख ५० हजार, धर्मराजले एक लाख र अजयले ७५ हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

विजेताहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव हंशराज वाग्ले, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रतियोगिताका अध्यक्ष अर्जुन मैनाली, कार्यक्रम संयोजक राम दाहाललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । समूहगतरूपमा दोस्रो र तेस्रो हुने खेलाडीलाई पनि जनही १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता आयोजकले सोचेअनुरूप भव्य र सभ्य तरिकाले सम्पन्न भएको सचिव राजेश गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?