आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन बानेश्वरमा बिहान ११ः०० बजे बोलाईएको छ ।

आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक बजेट माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ संसद बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमाथि जेठ २१ गतेदेखि दवै सदनमा छलफल हुँदै आएको छ ।

सांसदहरूले बजेटमाथि विभिन्न टिकाटिप्पणी र प्रश्नहरू गर्दै आएका छन् । उक्त सांसदहरूले उठाएको प्रश्नमा अर्थमन्त्रीले आज जवाफ दिन लाग्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?