![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/kalopatre-shuru.jpg)
काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिक क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको थियो । नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो ।
तर, वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडे ।
केहि समयमा वर्षा रोकिएपछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो ।
४ खेलबाट ५ अंक भएको नेदरल्यान्ड्स विजेता बन्दै फाइनल पुग्यो भने ४ अंक भएको नेपाल उप-विजेताका रूपमा फाइनल प्रवेशग गरेको हो । नामिबियाको ४ खेलबाट केवल ३ अंक मात्र बनायो ।
अब नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल मंगलबार हुने छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच