प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता (रिट निवेदनसहित )

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तत्कालीन माओवादी जनयुद्धका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै उहाँहरुलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले उक्त रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गरेको थियो ।

बाल सेना प्रयोग गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले युद्ध अपराध गरेकाले तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने माग राख्दै सो मुद्दा सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?