बजाजको फाइनान्स जात्रा

Read Time = 1 min

काठमाडौं । नेपालस्थित बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले काठमाडौं उपत्यकाका ग्राहकको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको सुरुवात गरेको छ ।

शून्य प्रतिशतमा बजाजसँग यात्रा नाराको फाइनान्स जात्राअन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य ब्याजमा खरिद गर्न सक्नेछन् ।

उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ, त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रूपमा मनाएर ग्राहक वर्गमाझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको जनाएको छ ।

फाइनान्स जात्राअन्तर्गत उपत्यकाभित्र बजाज मोटरसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा शून्य ब्याजदरको लाभ लिन सकिने कम्पनीले जनाएको छ । जात्रा उपत्यकाभरिका १८ बजाज शोरूममा आगामी पाँच दिनसम्म लागू हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?