देशको इतिहास र सभ्यता संस्कृति सबैले जान्न आवश्यक छ : ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाको पुरानो इतिहास भएको बताउनुभएको छ । आइतबार नेपाल आर्ट ग्यालरीमा चित्रकला अवलोकन गर्दै अध्यक्ष ओलीले संस्कृति, चाडबाड र परम्पराको पुरानो इतिहास भएको बताउँदै हाम्रा सम्पदा भएको बताउनुभयो । हाम्रा कला र सम्पदाको संरक्षण गर्न सके धेरै शिक्षा लिन सकिने अध्यक्ष ओलीले बताउनुभयो ।

इतिहास, सम्पदा र संस्कृतिको रक्षा गर्नुपर्ने बताउनुभयो । ‘हाम्रो देश, सभ्यता, कला, संस्कृति, चाडवाड, संगीतको हिसाबले पुरानो इतिहास भएको देश हो । यी सबै कुरा हाम्रा सम्पदा हुन्’, उहाँले भन्नुभयोे, ‘कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ । त्यति शिक्षा पनि लिन सक्दछौँ ।’ अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रदर्शनीले अरूलाई पनि इतिहास बुझ्न सजिलो हुने बताउनुभयो ।

उहाँले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राख्नुभयो । प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेदेखि सुरु भएको कला प्रदर्शनी बबरमहलस्थित परिषदमा लोक कला, परम्परागत थान्का पौभा, मूर्तिकला दुई सयभन्दा कलाकार कलाकृति रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले नक्साल प्रतिष्ठानको परिसर र बबरमहलस्थित परिषद्मा भइरहेको कला प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ । चित्रकलाको अवलोकन कार्यक्रम भएकाले उहाँले कुनै राजनीतिक कुरा गर्न चाहनुभएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?