ओलीले दुई घण्टा समय लिनुले बजेटमा केही महत्त्वपूर्ण कुरा रहेको भन्ने हो: अर्थमन्त्री महत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्यय वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहनुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहनुभएकाे छ ।

छलफलमा १५० जना सहभागी भएका थिए । त्यसमध्ये एक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि हुनुहुन्थ्याे । छलफलमा भाग लिँदा उहाँले करिब दुई घण्टा समय लिनुभएकाे थियाे । यसलाई अर्थमन्त्री महतले सकारात्मक रुपमा लिएको बताउनुभयाे ।

बजेटमा सांसदहरूले गरेको बहसले आफूलाई मिलेको हौसलाले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताउदै उहाँले बजेटमा महत्वपूर्ण कुरा रहेको प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले लिएको समयले पुष्टि गर्ने बताउनुभयाे ।

‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो । यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन् । यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ । होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो। त्यस अर्थमा मलाई खुसी लागेको छ,’ मन्त्री महतले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?