प्यूठान कार दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर-१५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका-७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उहाहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ । प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको स्कारपियो आज दिउँसो भीरबाट खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?