लुम्बिनीका मुख्यमन्त्री चौधरीसहित ३ विना विभागिय मन्त्रीले लिए शपथ

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । बिहिवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गर्नुभएकाे हाे ।

यस्तै तीनमन्त्रीले विनाविभागीय मन्त्रीको शपथ लिनु भएकाे छ । माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विनाविभागीय मन्त्री नियुक्त हुनुभएकाे छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा उहाँहरुले विनाविभागिय मन्त्रीको रुपमा सपथ लिनुभएकाे हाे ।

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ । गत पुस २७मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका लिलागिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो ।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाउनुभएकाे थियाे । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?