सीजी मोटर्सद्वारा निटा ब्रान्डको ‘निटा भी’ विद्युतीय कार सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ ।

भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजारमा सार्वजनिक गरेको छ । निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ ।

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफुहरुले विद्युतीय सवारीको प्रवद्र्धन गरेको बताउनु भयाे। ‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ’, चौधरीले भन्नुभयो, ‘सरकारको यही योजनालाई सघाउन हामीले नीजि र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेका हौँ ।’

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सले ‘सीजी रिभोलुसन’को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यकाे विद्युतीय सवारी  उपभोक्तालाई उपलब्ध गराउन चाहेको थियो । उपभोक्ताको चाहना र कम्पनीको उद्देश्य पूरा हुनेगरि होजोनले उत्पादन गरेको निटा ब्रान्ड सीजी मोटर्सले ल्याएको कम्पनीले जनाएकाे छ ।

सीजी मोटर्सले विश्व वातावरण दिवसको अवसर पारेर वातावरणमैत्री विद्युतीय सवारी निटा भी सार्वजनिक गरेको हो ।

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरु चीनमै छन् । तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो । होजोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्व विख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्रविधिक तथा दक्ष व्यक्तिहरुको समूहले स्थापना गरेको कम्पनी हो ।

होजोन अटोले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर सन् २०१८ मा स्थापना गरेको थियो । होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरुमा टप ब्रान्डमा पर्दछ । होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज हो ।
सीजी मोटर्स निटा एस र निटा यू नेपाली उपभोक्तालाई अर्को वर्षसम्म उपलब्ध गराउने योजनामा छ ।

चौधरी ग्रुप १५० वर्षभन्दा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको नेपालको प्रतिष्ठित व्यवसायिक घराना हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?