प्रिन्स र रसिला एसियन गेम्सका लागि छनोट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रिन्स दाहाल र रसिला महर्जन यसै वर्षको सेप्टेम्बरमा चीनको गोङजाउमा आयोजना हुने १९औँ एसियन गेम्सका लागि छनोट हुनुभएको छ । नेपाल ब्याडमिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाका लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनिल जोशी र जेशिका गुरुङ छनोट हुनुभएको छ । वैकल्पिक खेलाडीमा पुरुषतर्फ विष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट हुनुभएको छ ।

चारै खेलाडीको एसियन गेम्सको यात्रा पहिलो हो । एसियन गेम्समा ब्याडमिन्टनको उपलब्धिलाई हेर्ने हो भने पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ । कोरियाको इन्चोनमा भएको १७औँ र इण्डोनेसियामा भएको १८औँ एसियन गेम्समा नेपाल पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनलसम्म पुग्दै पाचौँ स्थान हासिल गर्न सफल भएको थियो । तर, अहिले खेलाडीको स्तर राम्रो भए तापनि खेलाडीको कोटा कम भएकाले हामी टिम इभेन्ट्समा प्रतिस्पर्धा नसक्ने अवस्था भएको संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताउनुभयो ।

खेलाडीको स्तरलाई हेर्दा प्रिन्स जुनियरतर्फ विश्व नम्बर एक रहिसक्नुभएको छ । यस्तै, रसिला जुनियर युगलतर्फ विश्वको छैटौँ स्थानमा पुगिसक्नुभएकी खेलाडी हुनुहुन्छ । छनोट हुन सफल खेलाडीहरूको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीहरूलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिनुभयो ।

यस्तै, टेनिसको अन्तिम छनोटबाट पुरुष/महिलामा समान दुई-दुई गरी चार खेलाडी छनोट भएका छन् । पुरुषमा अभिषेक बास्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः शीर्ष दुईमा रहँदै एसियाड सहभागिता निश्चित गर्नुभयो । पाँचदिने छनोटको पुरुषमा नौ तथा महिलामा सातजनाले राउण्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?