यस्तो छ तपाईंको जेठ ३० गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ ३० गते मंगलबार, ई.सं. १३ जुन, २०२३ । तिथि- आषाढ कृष्णपक्ष दशमी, नक्षत्र- रेवती, योग- सौभाग्य, करण- गर, चन्द्रराशि- मीन, सूर्योदयः ५ः०९, सूर्यास्तः १८ः५८ ।

मेष : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

कर्कट : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।

सिंह : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

धनु : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

मकर : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?