राहुल गान्धीको अमेरिकामा ट्रक यात्रा, वासिङ्टनबाट ट्रकमै न्युयोर्क पुगे

हिमालय टाइम्स
Read Time = 2 mins

न्युर्योक । चण्डीगढ पछि राहुल गान्धीले अमेरिकामा पनि ट्रकमा यात्रा गरेका छन् ।

राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

उनले आफनो यो यात्राको भिडियो टविटरलगायत सामाजिक सञ्जालमा शेयरसमेत गरेका छन् ।

यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई उनको आम्दानीबारे सोधेका थिए, जुन आम्दानी सुनेर गान्धी छक्कै परेका थिए ।

आफनो यात्रामा राहुलले ट्रक चालकसँग राजनीतिदेखि मुद्रास्फीतिसम्मका विषयमा छलफल गरेको जनाईएको छ । यात्राको क्रममा राहुलले सिद्धु मुसेवालाको गीत पनि सुनेका थिए ।

ट्रक चालकले राहुललाई मुसेवालाको गीत सुन्नुहुन्छ रु भनेर सोधेका थिए । त्यसपछि उनलाई यात्रा अबधीभर गीत सुनाईएको थियो ।

राहुलले भने, अमेरिकाका ट्रकहरू बढी सहज छन् । उनी वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसे ।

राहुलले भने– ‘भारतको भन्दा अमेरिकाका ट्रक धेरै सहज छन् । भारतका ट्रकहरूले चालकको सुविधाको वास्ता गर्दैनन्। तिनीहरू ट्रक चालकहरूको लागि बनाइएका छैनन्।’

ताजिन्द्रले राहुललाई अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनि जानकारी दिएका छन् ।

राहुल गान्धी मे ३० देखि अमेरिकाको भ्रमणमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?