संसदीय सुनुवाइ समितिको छलफलमा उजुरीकर्ता सहभागी

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरु सहभागी भएका छन् ।

यसअघि बुधबार नै संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै छलफल बहिस्कार गरेका उजुरीकर्ताहरु समितिको वैधतामाथि सामूहिक छलफल गर्ने सहमतिपछि बैठकमा सहभागी भएका हुन् ।

समिति सचिव पदम पाण्डेलगायत सचिवालयसँग भएको छलफलपछि अधिवक्तासमेत रहनुभएका युवराज कोइरालासहित उजुरीकर्ता छलफलमा सहभागी हुनुहुन्र

बुधबार उजुरीकर्तासँग छलफल गर्न लागेको समितिले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?