दाजु-बहिनी श्रेष्ठसहित आठ जुडो खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत जुडोका लागि आठ खेलाडी बुधबार छनोट भएका छन् । नेपाल जुडो संघले खुशिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पुरुष/महिलामा समान चार-चार गरी आठ खेलाडी छनोट भए । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट हुनुभएको हो ।

महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे । इन्द्र र देवकी सहोदर दाजु-बहिनी हुनुहुन्छ । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?